2

Logo २०८३ बैशाख १३ आइतबार
जलबायु परिवर्तनको जोखिम कम गर्न सरोकारवालासंग अन्तरक्रिया

जलबायु परिवर्तनको जोखिम कम गर्न सरोकारवालासंग अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०
1.1K

काठमाडौं ।

जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेका बेला काठमाडौंमा पृथ्वी जोगाउने विषयमा सरोकारवाला संग अन्तरक्रिया भएको छ ।

नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले ‘द क्लाइमेट चेन्ज च्यालेन्ज :एनी रोडम्याप फर जेन्डर रेस्पोन्सिभ एक्सन’ बिषयमा छलफल भएको हो ।

सम्मेलनका सहभागीहरूले पृथ्वी जोगाउने चिन्ता व्यक्त गरेका छन् । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघसंस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने प्रतिबद्धता जनाउनुभयो । जलवायु परिवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८)मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको मन्त्री महतको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले हिमाल, पहाड र तराईका सबैतिर जलवायुले असर गरिरहेको बताउनुभयो । यसको मुख्य जोखिममा महिला, बालबालिका परेको उहाँको भनाई छ । हामीले प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई पछिल्लो पुस्तालाई सिकाउन जरुरी रहेको राना मगरको उद्घोष थियो ।

आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले संस्थाले जलबायु परिवर्तनको क्षेत्रमा गर्दै आएको कामबारे जानकारी दिनुभयो । अहिले हाम्रो काँधमा भविष्यको पुस्ताका लागि बस्नयोग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी रहेको छ कार्कीले भन्नुभयो- कृषिमा जलवायु परिवर्तनले गम्भीर असर परेको छ, खाद्य संकटतर्फ धकेलिएका छौ । जलवायु परिवर्तनको असरबारे नीति निर्माण गर्न केन्द्र तहदेखि स्थानीय तह चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै यूएन वुमन नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले नेपाल सरकारले समावेशीताका लागि चालेका कदमहरु महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । आयोजक संस्था साथसाथैले महत्वपूर्ण समयमा कार्यक्रम आयोजना गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलले नेपालले २०४५ सम्म कार्बन शून्यको अवस्थामा जाने लक्ष्य राखेकाले यी लक्ष्य प्राप्तिका लागि सरकार र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताउनुभयो। जलवायु विज्ञ समा श्रेष्ठले जलवायुको सबैभन्दा ठूलो असर महिला तथा बालबालिकामा परेको बताउनुभयो । जसले गर्दा यौन तथा प्रजनन अवस्थामा पनि जलवायुको असर पुगेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष प्रजिता कार्कीले प्रमुख अतिथि वन तथा वातावरणनत्री माननीय डा.वीरेन्द्रप्रसाद महतोलाई बिरुवा हस्तान्तरण गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com