2

Logo २०८३ बैशाख १३ आइतबार
एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउनुहुदै

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउनुहुदै


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०
1K

काठमाडौं ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आउदै हुनुहुन्छ ।

नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उहाँ आज अपरान्ह नेपाल आउन लाग्नुभएको हो । करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । तीन दिने नेपाल बसाईका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भोलि उद्घाटन गरेपछि एमसीसी कार्यान्वयनमा जाने छ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ ।

औपचारिक शुरुवात भएको पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । सो अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनु पर्नेछ । अमेरिकाले सो परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com