2

Logo २०८३ बैशाख १३ आइतबार
ज्यान गएका कर्मचारीको परिवारलाई पुर्वखोला गाउँपालिकाको दुर्घटना बिमा

ज्यान गएका कर्मचारीको परिवारलाई पुर्वखोला गाउँपालिकाको दुर्घटना बिमा


सिर्जना घिमिरे प्रकाशित मिति : शनिबार, भाद्र २ २०८०
1.2K

पाल्पा ।

पुर्वखोला गाउँपालिकाको विरकोट, आयुर्वेदिक औषधालयका कबिराज निरिक्षक विनोद कोहारको चट्याङ लागेर निधन भएकोमा पालिकाले विमा बापतको रकम परिवारलाई प्रदान गरेको छ ।

आज गाउँकार्यपालिकाको सभाहलमा एक कार्यक्रम गरि उहाँका श्रीमति बैजन्ती कोहार र छोरालाई विमा बापतको रकम १२ लाख ५० हजार रुपैंया प्रदान गरिएको पालिकाका सुचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले परिवारका सदस्यलाई रकम हस्तान्तरण गर्दै कोहारको दुर्घटनाका कारण ज्यान गएकोमा दुःख लागेको बताउदै , पालिकाले व्यवस्थापन मिलाएको विमा रकमले सहयोग गर्न पाउदाँ भने दुखेको घाउमा मलम पट्टि गरेको जस्तो लागेको बताउनुभयो । नेको इन्सुरेन्स लिमिटेडमार्फत गरिएको विमा रकम प्रदान गरिएको हो ।

गत असार ५ गते पश्चिम नवलपरासी रामग्राम नगरपालिका १० नदवा घरमा भएका बेला चट्याङ् लागेर घाइते हुनुभएका कोहारको रुपन्देही भैरहवामा उपचारका क्रममा ज्यान गएको थियो ।

पूर्वखोला गाउँपालिकाले दुर्घटनाका कारण ज्यान गुमाएका परिवारका निम्ति गतबर्ष देखी विमा रकम प्रदानको व्यवस्था मिलाएको छ । पालिकाले जनप्रतिनिधीको आकस्मीक दुर्घटनाका कारण ज्यान गए ३० लाख र कर्मचारीका लागि १२ लाख रुपैंयाको विमा गरिदिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com