2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा स्थानीय सरकारले माथिल्लो कक्षामा पनि दिवा खाजा, केन्द्रको खाजामा स्थानीय थप्यो रकम

निस्दीमा स्थानीय सरकारले माथिल्लो कक्षामा पनि दिवा खाजा, केन्द्रको खाजामा स्थानीय थप्यो रकम


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन २५ २०८०
1.8K

पाल्पा ।

निस्दी गाउँपालिकामा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने भएको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा आठ सम्मका विद्यार्थीले दैनिक बीस रुपैयाँको दरले खाजा खान पाउने भएको हो ।

संघीय सरकारले हाल प्रारम्भिक बाल विकासदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई मात्र पन्ध्र रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराएको छ । भोको पेटले राम्रोसँग सिक्न नसकिने भएकोले हाल आठ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । यसले विद्यार्थीहरुको उपस्थितिमा नियमित हुने विश्वास लिएको सारुको भनाइ छ ।

संघीय सरकारले कक्षा छ को समेत बजेट कटौती गरेकोले पालिकाले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउन बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । विद्यार्थीलाई साविकको खाजा रकम न्यून भएको महशुस गरि पालिकाले प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्म थप पाँच रुपैयाँ र कक्षा छदेखि आठसम्म बीस रुपैयाँको दरले बजेटको व्यवस्था गरेको दयालले बताउनुभयो ।

दिवा खाजा कार्यक्रम सफल पार्नको लागि विद्यालयको महत्त्वपूर्ण भुमिका रहने भएकोले नियमित अनुगमनको लागि वडा कार्यालयलाई जिम्मा दिएको छ । निस्दीमा हाल बाउन्न वटा सामुदायिक विद्यालय रहेको शिक्षा शाखा संयोजक नर बहादुर थापाले बताउनुभयो । विगतमा निस्दीले कक्षा आठसम्मका विद्यार्थीलाई पन्ध्र रुपैयाँका दरले रकम उपलब्ध गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com