2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर नगरपालिका ६ मा जेष्ठ नागरिक जुट्दै

रामपुर नगरपालिका ६ मा जेष्ठ नागरिक जुट्दै


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
1.7K

पाल्पा ।

रामपुर नगरपालिका वडा नं. ६ मा वडा भित्रका जेष्ठ नागरिकहरुको भेला शनिबार सम्पन्न भएको छ ।

६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला जेष्ठ नागरिक समन्वय समितिको भेलामा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जेष्ठ नागरिक भगवान भएको बताउनुभयो । जेष्ठ नागरिकहरुको आर्शिर्वाद ग्रहण गर्दै उहाँहरुको उचित हेरचाह गरेर अघि बढ्नु प्रत्येक सन्तानको कर्तव्य रहेको बताउनुभयो । जिवनचक्रको क्रममा हामी सबैलाई एक दिन बुढ्यौलीले छुने भएकाले वर्तमानमा अभिभावकको हेरचाह गर्न सके भविष्यमा पनि आफ्ना सन्तान बाट उचित रेखदेख पाईने बताउनुभयो । रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामपुर नगरपालिका ५ रामघाटधाममा जेष्ठ नागरिक ग्रामको निर्माण गरिरहेको जानकारी दिनुुुभयो ।

ज्येष्ठ नागरिक संघ पाल्पाका सभापति देवराज ढकालले जेष्ठ नागरिक अनुभव, ज्ञान र भोगाईको खानी भएको भन्दै नयाँ पुस्ताले जेष्ठ नागरिकहरु बाट धेरै सिक्न सक्ने बताउनुभयो । सुकुम्बासी समस्या समाधान आयोगका पूर्व केन्द्रीय सदस्य लेखनाथ पोखरेलले जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरण वैज्ञानिक आधारमा हुनु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेल, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनार, राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष रामप्रसाद गैरे, रामपुर नगरपालिका कार्यपालिका सदस्य शारदा आचार्य र रामपुर ६ का पूर्व वडा अध्यक्ष हुमनाथ न्यौपानेले जेष्ठ नागरिकहरुको योगदान बाटै समाज परिवर्तन सम्भव भएकाको बताउँदै हाम्रो संस्कृति र संस्कार, जेष्ठ नागरिक बाट हामीले धेरै सिक्नु आवश्यक रहेको बताउनु भएको थियो ।

भेलाको अवसरमा ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिक समन्वय समिति रामपुर–६ का अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा भएको भेला उपाध्यक्ष हुमा देवकोटाको स्वागत र सचिव घनश्याम देवकोटाको सञ्चालनमा भएको थियो । त्यस्तै भेलाले कृष्ण प्रसाद अर्यालको सभापतित्वमा ११ सदस्य ज्येष्ठ नागरिक संघ रामपुर ६ गठन गरेको छ । संघको उपसभापतिमा हुमा देवकोटा, सचिवमा घनश्याम देवकोटा, कोषाध्यक्षमा ईन्द्र कुमारी पौडेल, सदस्यहरुमा मेधनिलाल पंगेनी, थिरलाल ढकाल, तुल्सी प्रसाद भण्डारी, नारायण बहादुर कुमाल, दामोदर भण्डारी, यज्ञ प्रसाद आचार्य लगाएत रहनु भएको छ ।

सल्लाहाकारहरुमा दिननाथ भण्डारी, रामप्रसाद उपाध्याय, हुमनाथ न्यौपाने लगाएत रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com