2

Logo २०८३ बैशाख १३ आइतबार
बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आवेदन खुल्ला

बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आवेदन खुल्ला


Sabalnews प्रकाशित मिति : सोमबार, साउन १५ २०८०
1.9K

काठमाडौं ।

कल्पना स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित “बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड” २०८० को मनोनयन आवेदन खुल्ला भएको छ ।

पर्व गीत अन्तरगत तिज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागिएको बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० आयोजक समिति संयोजक कमला बि.सी.ले जानकारी दिनुभयो । फाराम साउन महिनाको अन्तिम सम्म खुल्ला रहनेछ भने भाद्र महिनाको पहिलो साता उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिनेछ ।

अवार्डको फाईनल कार्यक्रम असोजको पहिलो साता काठमाण्डौंमा एक भब्य समारोहको आयोजना गर्ने समितिले जनाएको छ। मौलिक तिज संस्कृतिको संरक्षण अनि सम्बर्द्धन  गर्ने उदेश्यले आयोजना गरिएको बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० लाई सफल बनाउन ७ सदस्यीय जुरी निर्णायक समिति गठन गरिएको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा सर्जक हुम गैरेले जानकारी दिनुभयो ।

अवार्डको फाईनल कार्यक्रममा तिज गीत संस्कृति संग सम्बन्धित करिब एक दर्जन स्रष्टा, सर्जक, गायक, गायिका सहितलाई सम्मान गरिने समितिका उपाध्यक्ष धिरज खत्रीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com