तानसेन सिल्खानटोल टोल बिकास सस्थामा नयाँ नेतृत्व चयन
पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकाको सिल्खानटोल २ टोल बिकास सस्थाको अधिबेसनले नयाँ नेतृत्व चयन गरेको छ ।
आज भएको अधिबेसनले रमा पन्तको अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुनु बराल, सचिबमा अरुणा भट्टराई, सहसचिवमा मन्जु ज्ञवाली, कोषाध्यक्ष इन्दिरा दर्लामी र स-कोषाध्यक्षमा मन्जु तिमिल्सिना सर्वसहमतिमा चयन हुनुभएको हो ।
समितिले सस्थालाई नियमित अगाडी बढाउने, सामाजिक कार्यमा सक्रिय रहने, समन्वय बढाउदै जाने जनाएको छ ।