2

Logo २०८३ बैशाख १३ आइतबार
रम्भा १ ले टोल–टोलमा पुगेर वडाबासीका सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने

रम्भा १ ले टोल–टोलमा पुगेर वडाबासीका सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने


Sabalnews प्रकाशित मिति : बुधबार, साउन ३ २०८०
1.6K

पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ ले बर्षाद्को समय र उमेर अबस्थाको कारण टोल–टोलमा पुगेर सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्ने भएको छ ।

हरेक नयाँ आर्थिक बर्षमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार साउन ३ गतेको पत्र अनुसार रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीले वडाबाट भत्ता खादै आउनुभएकालाई मध्यनजर गर्दै वडाका ९ स्थानबाट परिचय पत्रको नविकरणको व्यवस्था गरेको वडाध्यक्ष ईश्वरी काफ्लेले बताउनुभयो । भत्ता परिचय पत्र नविकरण गर्न पालिकाले आग्रह गरेलगत्तै वडाले पनि वडाबासीलाई आग्रह गरेको थियो । बर्खाको समयमा वडाका विभिन्न भागका नागरिक वडासम्म आउन अफ्ठेरो हुने भन्दै वडाले टोल–टोलबाटै भत्ता नविकरण गर्ने जनाएको हो । माथिल्लो गाँउका नागरिकलाई वडाकार्यालयसम्म आउन बाटो अफ्ठेरो हुने, जेष्ठ नागरिक, विरामी, अशक्त, अपाङ्गता भएकालाई मध्यनजर गर्दै वडाको टिम नै सम्बन्धित क्षेत्रमा जाने निर्णय गरेका हौ वडाध्यक्ष काफ्लेले भन्नुभयो,–आउदो साउन १४ गतेदेखि विभिन्न वडामा विहान साढे १० बजेबाट नविकरणको काम गरिनेछ ।

वडाको टिमले साउन १४ गते नौगाँउ स्मार्ट भवन, १५ गते बैरादी र टोक्लक चौपारी, १६ गते घाँगीडाँडा, १७ गते असेर्दी, १८ गते सँगाहा, १९ गते बेल्टार, २१ गते अमिली र साउन २२ गते रुद्राक्षमा पुगेर साविकको वडाका पाइक पर्ने आधारमा उपस्थित भएर परिचयपत्र नविकरण गर्ने भएकोले वडाबासीलाई जानकारी गराएको छ । यसैगरी साउन २३ गतेदेखि भदौ महिनाभर वडा कार्यालयबाट बाँकी छुटपुटलाई नियमित नविकरणको काम गर्ने वडा सचिव हरि प्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com