2

Logo २०८३ बैशाख १३ आइतबार
कोरियामा सम्पन्न करातेमा नेपाललाई स्वर्ण पदक दिलाउने पाल्पाका समाललाई नगरपालिकाद्धारा सम्मान

कोरियामा सम्पन्न करातेमा नेपाललाई स्वर्ण पदक दिलाउने पाल्पाका समाललाई नगरपालिकाद्धारा सम्मान


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार २९ २०८०
4.4K

पाल्पा ।

दक्षिण कोरियामा भएको १५ औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पाल्पाली खेलाडी यम बहादुर समाललाई आफ्नै नगरपालिका रामपुर नगरपालिकाले सम्मान गरेको छ ।

खेलकुद मार्पत नगरको मात्र नभई देशकै नाममा इट्टा थप्न सफल समाललाई नगरपालिकाले नगद १ लाख रुपँया, सम्मान पत्र सहित दोसला ओढाई सम्मान गरेको हो । गत जुलाई १ र २ गते कोरियामा भएको पुरुष तर्पmको ६० किलो मुनिको कराते प्रतियोगितामा समालले जित्दै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएका थिए । रामपुर नगरपालिका वडा नम्बर १ ठुलीबेँशीका यम बहादुर अन्तराष्ट्रिय कराते प्रतियोगितामा मेडलिष्ट भएर देशको पहिचान बढाउन पाउदा गौरव ठानेको बताउदै आफ्नै नगरपालिकाले सम्मान गर्दा खुसी लागेको बताउनुभयो ।

समालले आफुले पाएको मौकालाई राम्रो सदुपयोग गर्ने लक्ष्यका साथ लागेकोले सफलता मिलेको बताएका छन् । करातेमा स्थानीय स्तरमा राम्रो अभ्यास गर्न नपाएपनि युवाहरु मिलेर दाईहरुको साथमा गाउँघरमा भएको अभ्यासले यहाँसम्म आइपुगेको बताउनुभयो ।
रामपुर नगरपालिकाले नगर सभा तथा १३ औं अधिबेशनको अवसरमा समाल सहित कर्मचारी र सरोकारवालालाई सम्मान गरेको छ ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डे, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा र रामपुर १० का अगुवा कृषक जनार्दन पन्तलाई पाल्पाली करुवा, सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com