2

Logo २०८३ बैशाख १३ आइतबार
विकासे योजनाका कच्चा पदार्थको जाँच गर्न बगनासले चलायो “सिभिल प्रयोगशाला”

विकासे योजनाका कच्चा पदार्थको जाँच गर्न बगनासले चलायो “सिभिल प्रयोगशाला”


Sabalnews प्रकाशित मिति : शनिबार, असार २३ २०८०
1.8K

पाल्पा ।

बगनासकाली गाउँपालिकाले ‘सिभिल प्रयोगशाला’ सञ्चालनमा ल्याएको छ । विकासे योजनाहरूमा प्रयोग हुने कच्चा पदार्थको जाँच गर्ने गरी प्रयोगशाखा सञ्चालनमा ल्याइएको हो ।

बगनासकाली ९ चापपानीस्थित चिलाङ्दी भञ्ज्याङमा प्रयोगशाखा स्थापना गरेर सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । गाउँपालिका अध्यक्ष चिदीले प्रयोगशाखा स्थापनापछि पालिका भित्र सञ्चालनमा रहेका विकासे योजनाहरूको प्रयोगशाला सेवाका लागि बुटवल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । विकास निर्माणका आयोजनालाई गुणस्तरीय, पारदर्शी र विस्वासिलो संरचना बनाउन प्रयोगशालाले सहयोग पु¥याउने अध्यक्ष चिदीले बताउनुभयो । उक्त प्रयोगशालामा बगनासकालीसहित अन्य पालिकाका सेवाग्रहीले सेवा लिन सक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रनाथ लम्सालले बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले विभिन्न १५ प्रकारका कामको प्रयोगशालामा जाँच गर्न सकिने बताउनुभयो ।

प्रयोगशाला स्थापनापछि खर्च गरेर बुटवल तथा अन्य स्थानमा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com