2

Logo २०८३ बैशाख १३ आइतबार
पेट्रोलियम पदार्थको मुल्य घटेसंगै घट्यो हवाईभाडा

पेट्रोलियम पदार्थको मुल्य घटेसंगै घट्यो हवाईभाडा


Sabalnews प्रकाशित मिति : मंगलबार, असार १९ २०८०
1.6K

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर घटेको हो।

आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो। प्राधिकरणले काठमाडाैं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घटाएर ६ हजार १० रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको हवाई भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो।  त्यस्तै, काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार२६०९ कम भएको छ।

प्राधिकरणले सबैभन्दा कम छोटो दूरीमा रहेको काठमाडाैं–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटाउँदै १ हजार २२५ रुपैयाँ कायम गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com