2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा जेष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीलाई छुट अनिवार्य गर्न यातायात कार्यालयको आग्रह

पाल्पामा जेष्ठ नागरिक, अपाङ्गता र विद्यार्थीलाई छुट अनिवार्य गर्न यातायात कार्यालयको आग्रह


Sabalnews प्रकाशित मिति : शनिबार, असार १६ २०८०
1K

पाल्पा ।

जिल्लामा संचालन हुने सार्वजनिक सवारी साधनहरुले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीहरुलाई छुट अनिवार्य रुपमा दिन यातायात व्यवस्था कार्यालय पाल्पाले आग्रह गरेको छ ।

कतिपय सवारीहरुले छुट पाउने नागरिकहरुलाई सहज रुपमा छुट नदिएको भन्ने गुनासो आएकोले कार्यालयले एक प्रेस बिज्ञप्ति मार्फत उक्त आग्रह गरेको हो ।

लुम्विनी प्रदेश सरकारले सवारी करमा ६० प्रतिशत कर छुट गरेको भन्दै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीलाई यातायात भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने जनाएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारद्धारा हस्ताक्षरित बिज्ञप्तिमा सबै खालका सार्वजनिक सवारीसाधनलाई नियमानुसार भाडामा छुट दिन अनुरोध गरेको उल्लेख छ । यदि कोही कसैले तोकिएका समूहलाई भाडामा छुट नदिए कडा कारबाही गरिने कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com