2

Logo २०८३ बैशाख १४ सोमबार
रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड ६८ हजार रुपैयाँ गाउँसभामा प्रस्तुत

रिब्दीकोट गाउँपालिकाको बजेट ५३ करोड ६८ हजार रुपैयाँ गाउँसभामा प्रस्तुत


Sabalnews प्रकाशित मिति : शनिबार, असार ९ २०८०
778

पाल्पा ।

आगामी आर्थिक वर्षका लागि पाल्पाको रिब्दीकोट गाउँपालिकाले ५३ करोड ६८ हजार रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । यस अघि नै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको रिब्दीकोटले १३ औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कान्ता अधिकारीले बजेट प्रस्तुत गर्नुभएको हो ।

 गाउँपालिकाको पुँजीगत २३ करोड ५६ लाख ६४ हजार र चालुतर्फ २९ करोड ४४ लाख ४ हजार खर्च हुने अनुमान बजेटमा गरेको छ । संघीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ४९ लाख, राजस्व बाँडफाँडमार्फत ७ करोड ९३ लाख ३६ हजार ४ सय, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड, ससर्त अनुदान २६ करोड २८ लाख रहेको उपाध्यक्ष अधिकारीले बताउनुभयो । संघीय सरकारको ससर्त अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु, नवीकरणीय उर्जा, प्रधानमन्त्री रोजगार, झोलुंगे पुल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा खर्च हुनेछ ।

प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५९ लाख १८ हजार, राजस्व बाँडफाँड ४४ लाख ३८ हजार, समपुरक अनुदान १ करोड, विशेष अनुदान ६० लाख, ससर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ छ ।

यसैगरी गाउँपालिकाको आन्तरिक स्रोतबाट ७३ लाख ७७ हजार, जलविद्युत् रोयल्टी, खानी तथा वन रोयल्टीबाट अनुमानित ४० लाख, चालु आर्थिक वर्षको बचत हुने रकम १ करोड ५० लाख तथा अन्य विविध आम्दानी र संघसंस्था सहयोगबाट १ करोड ३६ लाख ९७ हजार रहेको छ ।

चालु आर्थिक वर्षमा खर्च ६७ दशमलव ६० र पुँजीगततर्फ ७६ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जानकारी दिनुभयो । पुँजीगत बजेट खर्चमा सुधार ल्याउन र विकास निर्माणमा गुणस्तर कायम गर्न जेठ मसान्तपश्चात् भुक्तानी नदिने नीतिअनुरुप वडा अन्तर्गतको विकास खर्च भुक्तानी गर्ने कार्य लगभग सकिएको अर्यालले बताउनुभयो । संघीय र प्रदेश सरकारको बजेट अख्तियारी ढिलो प्राप्त भएकाले कतिपय ठूला योजना भने सम्पन्न हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत ४ वडामा ८५० नागरिकलाई सेवा दिएको र उत्पादनमा आधारित अनुदानअन्तर्गत दूध, गोलभेँडा, सुन्तलामा ४ सय १५ किसानलाई बैंक खातामार्फत अनुदान दिएको अध्यक्ष कार्कीले बताउनुभयोएल । गाउँपालिकाले ‘म बनाउँछु मेरो रिब्दीकोट’ कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गरी २१ लाख ८१ हजार बराबरको काम भएको जनाएको छ ।

गाउँपालिकाले ‘एक टोल एक सामूहिक खेती’अन्तर्गत स्थलगत तालिमका लागि ३० लाख, उत्पादनमा आधारित अनुदान, कृषिउपज उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, किसानलाई अनुदानको दायरा विस्तार गर्न ५० लाख, जलेश्वर पर्यटन पूर्वाधारका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । श्रम र श्रमिकको मर्यादा हुने गरी रोजगारी सिर्जना गर्न र ५ वर्षे रणनीति योजना निर्माणका लागि ४९ लाख ११ हजार विनियोजन गरेको बजेटमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com