2

Logo २०८३ बैशाख १३ आइतबार
अन्तरप्रदेशीय रुट इजाजत अब यातायात कार्यालयबाटै

अन्तरप्रदेशीय रुट इजाजत अब यातायात कार्यालयबाटै


Sabalnews प्रकाशित मिति : बुधबार, असार ६ २०८०
2.7K

लुम्बिनी ।

अन्तर प्रदेशीय बाटो इजाजत (रुटप्रमिट)सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ । यस अघि अन्तर प्रदेशीय बाटो इजाजत संघीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै दिने व्यबस्था थियो ।

यसले यातायात व्यवसायीहरुले सास्ती झेल्दै आएका थिए ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको निर्देशन पछि मन्त्रालयले सबै यातायत कार्यालयबाट बाटो इजाजत दिन परिपत्र गरेको छ । संघीय कार्यालयबाट मात्रै बाटो इजाजत दिने गरि गरिएको निर्णयलाई बदर गर्दै अब प्रदेशका सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयबाट रुट इजाजत प्रदान गर्न लागिएको हो ।

प्रदेश मातहतको यातायात कार्यालयबाट बाटो इजाजत सञ्चालन गर्न मुख्यमन्त्रीको निर्देशनपछि उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मातहतका सबै कार्यालयलाई बाटो इजाजत (रुडप्रमिट) दिन परिपत्र गरेको हो । असार ५ गतेदेखि कार्यान्वयन हुने गरि दाङ यातायात, बाँके यातायात, बुटवल सवारी कार्यालय र जिल्ला स्तरमा स्थापना भएका सबै यातायात व्यवस्था सेवा कार्यालयलाई परिपत्र गरिएको मन्त्रालयका शाखा अधिकृत राम प्रसाद घिमिरेले बताउनु भयो ।

पहिलेको रुटप्रमिटको निर्णय प्रति गुनासो बढेपछि त्यसको सहजीकरण गर्दै प्रदेश सरकारकै मातहतमा रहेका यातायात कार्यालयबाट नै बाटो इजाजत पत्र दिने व्यवस्था गरिएको मुख्यमन्त्री चौधरीले बताउनुभयो । सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकार पूर्णरुपमा कार्यान्वयनको चरणमा लगेको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।

अन्तरप्रदेश दर्ता भएका सवारी साधनको कर समेत सबै यातायता व्यवस्था कार्यालय र सेवा कार्यालयहरुमा लिन निर्देशन गरिएको छ । पहिले निश्चित कार्यालयबाट मात्रै अन्तर प्रदेशमा दर्ता भएका सवारीको कर लिन सक्ने व्यवस्था रहेको थियो । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको निर्देशनमा सबै यातायात कार्यालयहरुले भिआएस प्रणालीको प्रयोग पहुँच लिइ अन्तर प्रदेश दर्ता भएका सवारी साधनको कर लिन परिपत्र गरिएको छ ।

यो निर्णय पनि असार ५ देखिनै लागु हुने गरि कार्यालयहरुमा परिपत्र गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com