2

Logo २०८३ बैशाख १३ आइतबार
चट्याङ लागेर पाल्पामा कार्यरत आयुर्वेदिक औषधालयका कविराजको ज्यान गयो

चट्याङ लागेर पाल्पामा कार्यरत आयुर्वेदिक औषधालयका कविराजको ज्यान गयो


Sabalnews प्रकाशित मिति : बुधबार, असार ६ २०८०
10.7K

नवलपरासी ।

चट्याङ लागेर पाल्पाको पुर्वखोला गाउँपालिका वडा नम्बर ५ विरकोट आयुर्वेदिक औषधालयमा कार्यरत कविराज निरिक्षकको ज्यान गएको छ ।

नवलपरासी रामग्राम नगरपालिका १० नदुवा घर विदामा गएका बेला खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर ४४ बर्षका बिनोद कोहारको ज्यान गएको हो । मंगलबार दिउँसो पौने ११ बजे घर नजिकै खेतमा काम गरिरहेका कहार अचानक परेको चट्याङबाट घाइते भएका थिए । उनलाई उपचारका लागि सि.टि.अस्पताल भैरहवा लगिएकोमा सवा ११ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी तथा सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

कोहार पाल्पाको पुर्वखोला ५ बिरकोटको आयुर्वेदिक औषधालयमा अधिकृत छैटौं तहमा कबिराज अधिकृतको रुपमा कार्यरत थिए । गत शुक्रबार कार्यालयको काम सकेर रोपाईका लागि घर गएका कहार बुधबारसम्ममा कार्यालयमा फर्कने गरि विदामा थिए ।

२०६६ साल जेठ २६ उतिर्ण भई सरकारी नियुक्ति लिएका कहार २०७६ साल मंसिर १३ गतेदेखि बिरकोट आयुर्वेदिकमा कार्यरत रहदै आएको पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । राज्यको इमान्दार र कर्मठ कर्मचारीको निधनले दुुुु:खी बनाएको ढकालले बताउनुुुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com