2

Logo २०८३ बैशाख १३ आइतबार
विभिन्न क्षेत्रबाट जल्पाली जेष्ठ नागरिक सम्मान

विभिन्न क्षेत्रबाट जल्पाली जेष्ठ नागरिक सम्मान


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
1.4K

पाल्पा ।

जिल्लाको पुर्बखोला गाउपालिका वडा न २ जल्पाले ६० बर्ष उमेर पुगेका ३० जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ ।

सामाजिक काममा योगदान पुर्‍याउदै आउनु भएका नागरिकहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै सेवा र योगदानको कदर गर्दै उहाँहरूबाट धेरै कुराहरु सिक्नु पर्ने बताउनुभयो ।

नयाँ पुस्तालाई संस्कार,सीप, आफ्ना अनुभवहरु लिपिबद्द गरि संरक्षण र पुस्ता हस्तान्तरण गर्न र उर्जाको स्रोत बनेर सामाजिक काम सहयोग पुर्याउन जेष्ठ नागरिकको भुमिका अमुल्य हुने बताउनुभयो ।

कार्यक्रममा पुर्बखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सम्मानित नागरिकहरुलाई बधाई दिदै दैनिक समाजसेवा गर्दै सम्मानजनक तरिकाले जीवनयापन गर्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बिशिस्ट अतिथी भागिरथी भट्टराई, शिक्षक प्रतिनिधि टोलसरि राई,जेष्ठ नागरिक, रमेश खनाल, रन बहादुर रखाल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम पुर्बखोला गाउँपालिका वडा न २ जल्पा वडा अध्यक्ष नीर बाहादुर सारुको अध्यक्षता र कर्मचारी हुम बहादुर झेडिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com