रिब्दीकोटको खस्यौलीमा विशेषज्ञ स्वास्थ्य सेवाबाट स्थानीय लाभान्वित
पाल्पा ।
जिल्लाको रिब्दीकोट गाउँपालिकाको आयोजनामा खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा भएको निशुल्क विशेषज्ञ स्वास्थ्य सेवामा नागरिकले गाउँमै सेवा लिएका छन् ।
लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पाको प्राविधिक सहयोगमा बिहिबार संचालन भएको निशुल्क विशेषज्ञ स्वास्थ्य सेवामा पुरुष ११जना, महिला ४० जना गरि जम्मा ५१ जनाले नाक, कान,घाँटी स्वास्थ्य सम्बन्धि स्वास्थ्य सेवा लिएको रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी दिनुभयो ।

साथै आउदो असार १४ गते विहिवार पुनः विशेषज्ञ सेवा दिइने पालिकाले जनाएको छ ।