2

Logo २०८३ बैशाख १४ सोमबार
प्रेस युनियन स्याङजाको अध्यक्षमा तोलाकान्त बगाले

प्रेस युनियन स्याङजाको अध्यक्षमा तोलाकान्त बगाले


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
1.3K

स्याङ्जा ।

प्रेस युनियन स्याङजाको नवौं अधिवेशन तथा साधरण सभाले   आगामी कार्यकालका लागी तोलाकान्त बगालेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । त्यस्तै सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने अन्य सदस्य रहनुभएको छ ।

निकै लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले २०६४ सालमा पत्रकारीता क्षेत्रमा सक्रिय रहनुभएको छ । बगाले हाल रेडियो आँधीखोला, रासस सहित विभिन्न मिडियामा आबद्द हुनुहुन्छ । प्रेस युनियन स्याङजाको सचिव  तथा उपाध्यक्ष भई एक/एक कार्यकाल काम रहिसक्नुभएको छ ।

अधिवेशन तथा साधारण सभाका अवसरमा युनियनले ६ पत्रकारलाई नगद सहित विभिन्न पुरस्कारले सम्मान  गरेको छ । युनियनले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । यस्तै प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।

यसैगरी खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने,रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट राम प्रसाद भट्टराई पुरस्कृत गरिएको प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले जानकारी दिनुभयो । पुरस्कारको राशी रु ५ हजार र प्रमाणपत्र रहेको युनियनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com