2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दीकोट गाउँपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई कार्यक्रम

रिब्दीकोट गाउँपालिकाले गर्‍यो सार्वजनिक सुनुवाई कार्यक्रम


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
1.3K

अर्यालले गाउँपालिकाको सेवाप्रवाह र सुशासन, आर्थिक प्रशासन तर्फ भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले कृषि शाखा, पशु सेवा शाखा, स्वास्थ्य शाखा, आर्युवेद औषधालय, शिक्षा युवा तथा खेलकूद शाखा मार्फत भएका मुख्य-मुख्य कार्यक्रम र ती कार्यक्रमहरुको प्रभाव समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । त्यस्तै पूर्वाधार विकासको अवस्था, बोलपत्रद्धारा गरिएका कार्य विवरण र प्रगति, निर्माण कार्यको भौतिक प्रगति, गाउँपालिका मातहतमा संचालित अन्य आयोजनाहरु, पालिका भित्रका सबै वडाहरुको भौतिक तथा बित्तिय प्रगति समेत उहाँले प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले प्रदेश सरकार मार्फत संचालित योजना, संघबाट सञ्चालित योजना, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव, गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमको प्रभाव, सञ्चालनमा रहेका व्यवसायिक तालिमहरुको अवस्थाबारे समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले पञ्जीकरण सेवा इकाई मार्फत भएका कामहरु, सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, घटना दर्ताको अवस्था, लक्षित कार्यक्रमको प्रभाव, सहकारी क्षेत्रमा भएको काम, राजश्व संकलनको अवस्था, विपद् व्यवस्थापनको तथ्यांक र न्यायिक समिति मार्फत सम्पादन भएका कामहरुको विवरण समेत प्रस्तुत गर्नुभयो ।

 

कार्यक्रममा सेवा ग्राही तथा सरोकारवालाहरुले बिभिन्न जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले पालिका मार्फत हुँदै आएका शिक्षा, स्वास्थ्य, कृषि पशुपालनका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनुपर्ने, योजनाहरुको अनुगमनमा वडाध्यक्ष पनि सहभागी भई जादा वडाको सेवाप्रवाह प्रभावित हुने गरेका, शिक्षा क्षेत्रको प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्ने, विद्यार्थीहरुको दिवाखाजा बापतको रकम ज्यादै कम भएकोले पालिकाले पनि केही रकम थप गर्न सक्ने प्रभावकारी हुने, बढ्दो बेरुजु न्युनीकरणका लागि पहल गर्नुपर्ने, पालिका स्तरीय कृषि उपज संकलन केन्द्र बनाई किसानहरुको उत्पादन सिधै बजारसम्म पुग्ने बातावरण बनाउनुपर्ने, बढ्दो बसाई सराई न्युनीकरणका लागि ठोस कार्यक्रम बनाउनुपर्ने लगायतका जिज्ञाशा तथा सुझावहरु राखेका थिए ।

सेवाग्राहीहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सबैको सुझाव सल्लाह बमोजिम पालिकाले आगामी वर्षको नीति कार्यक्रम बनाउने बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाइको समयमा मात्रै नभएर अन्य समयमा पनि पालिकालाई सुझाव दिन सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले पालिका स्तरमा अहिले म बनाउँछु मेरो रिब्दीकोट लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन हुँदै आएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाल, योजना शाखा प्रमुख काशीनाथ आचार्य, वडाध्यक्षहरु सोमकुमार कार्की र दान बहादुर कुवर, भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेल लगायतले सेवाग्राहीहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो ।

रिब्दीकोट गाउँपालिकाले पालिका स्तरीय सार्वजनिक सुनुवाई गर्नु अघि वडा स्तरमा पनि सार्वजनिक सुनुवाई गरेको थियो । पालिका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेडियो कुटुम्बका स्टेशन संयोजक नारायण न्यौपानेले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com