विश्व वातावरण दिवसको पुर्वसन्ध्यामा घिरिङको चन्द्रज्योती माबिमा बृक्षारोपण
तनहुँ ।
विश्व बाताबरण दिवसको अबसर पारेर तनहुँको घिरिङ गाउँपालिकाले विद्यालयमा बृक्षारोपण गरेको छ।
जुन ५ विश्व वातावरणको पुर्वसन्ध्यामा गाउँपालिकाले वडा नं ३ मा रहेको चन्द्रज्योति माध्यमिक विद्यालय परिषरमा आइतबार सयौँ बोटबिरुवा रोपेर बाताबरण दिवस मनाएको हो।कल्की, असोका, तेजपत्ता, कपुर, अमला, गुल्मर, धुपी र अन्य विभिन्न प्रकारका फुलहरु रोपण भएको थियो।

घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले धुपिको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरेका हुन। कार्यक्रममा थापाले बोटबिरुवाको हरभराले बाताबरणिय सन्तुलन कायम हुने भएकोले यस्ता कार्यक्रम आवस्यक रहेको बताएका थिए। यस्तै घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले आफू कार्यरत रहेको पालिकामा स्वच्छ बाताबरण सहितको गाउँपालिका बनाउने अभियानमा लागेको जनाउँदै आजै आफ्नो जन्मोत्सव पनि परेकोले नजिकै रहेको बिधालयमा बृक्षारोपण कार्यक्रम गरेको बताएका थिए।
कार्यक्रममा घिरिङ गाउँपालिकाका निबर्तमान अध्यक्ष रन बहादुर राना, वडा नं ३ का अध्यक्ष तहल सिंह थापा लगायतको समेत उपस्थिति रहेको थियो। बिधालयका ब्यवस्थापन समितीको टिम प्रधानाध्यापक र शिक्षकहरु सबैले एक ब्यक्ति एक बिरुवा लगाएका थिए।