2

Logo २०८३ बैशाख १३ आइतबार
दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा, हत्याकाण्ड अहिलेपनि रहस्यकै गर्भमा

दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा, हत्याकाण्ड अहिलेपनि रहस्यकै गर्भमा


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९ २०८०
596

काठमाडौं ।

राजपरिवारको एकै चिहान हुने गरि नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्र र उनका स-परिवारको निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ ।

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको अविश्वास र आशंका कायमै छ ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि सार्वजनिक कार्यक्रममा दरबार हत्याकाण्डको छानबिन गर्ने बताउनुभएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री दाहाल र गृहमन्त्रीको पहकदमीले देशमा भएका केही ठुला रकमका चलखेलका घटनाहरु बाहिर आउन थालेका छन् भने उच्च तहका केही व्यक्ति तानिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com