धर्मोदय दशावतार बालन समूहको चौथो अधिबेशनबाट नयाँ नेतृत्व चयन
पाल्पा ।
बिश्वमै लोपोन्मुख रहेको र पाल्पाको पुर्व रामपुरमा संरक्षित धर्मोदय दशावतार वालन सांस्कृतिक समूहको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । रामपुर ७ साउनेधारामा भएको अधिबेशनले हरि प्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको जनाएको छ ।
समितिको उपाध्यक्षमा केशवराज ज्ञावली, सचिवमा दुर्गा प्रसाद भट्टराई, सहसचिवमा शिवराज पाण्डे, र कोषाध्यक्षमा दिपेन्द्र प्रसाद पौड्याल रहनु भएको छ । समितिको सदस्यहरुमा हुमनाथ पोखरेल, निर्मला पंगेनी, लक्ष्मण भट्टराई र सुनिल आचार्य रहनु भएको छ ।
अधिबेशनमा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले दशावतार बालनले नेपाल मात्रै नभई विश्व जगतमा महिमा राख्न सफल भएको बताउनुभयो । बालनले रामपुरको पहिचानमा मद्धत पुर्याएको तिवारीको भनाई थियो ।
नेपाल सरकारका पूर्व उपसचिव कृष्ण प्रसाद पौडेलले बालनको संरक्षण स्थानीय जुरमुराउनु राम्रो भएको बताउनुभयो । बोल्ने बत्ताहरुले बालन टिकाई राख्न र बिकाई राख्नपर्नेमा जोड दिनुभयो ।
साधारण सभाको अवसरमा समितिका कोषाध्यक्ष मनोरथ भट्टराईले पेेेश गर्नुुुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।
धर्मोदय दशावतार वालन सांस्कृतिक समूहका कार्यवाहक अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव शिवराज पाण्डेको स्वागतबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद भट्टराईले गर्नुभएको हो ।
बि. स. २०७० सालमा स्थापना भएको समूहले स्थापना देखि लोपन्मुख अवस्थामा रहेको दशावतार बालनको संरक्षणको लागि जिल्ला र जिल्ला बाहिर गएर प्रचार, अभियान र कार्यक्रम गर्दै विविध प्रयास गरिरहेको छ ।