2

Logo २०८३ बैशाख १३ आइतबार
रिब्दीकोटको लघुवामा सामुदायिक स्वास्थ्य इकाई सेवा शुरु

रिब्दीकोटको लघुवामा सामुदायिक स्वास्थ्य इकाई सेवा शुरु


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०८०
673

पाल्पा ।

जिल्लाको रिब्दीकोट गाँउपालिकाको लघुवामा सामुदायिक स्वास्थ्य इकाई सेवा स्थापना भएको छ ।

लघुवा क्षेत्रका बासिन्दाको सेवालाई मध्यनजर गर्दै सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको रिब्दीकोट गाउँपालिकाले जनाएको छ ।

सेवाकेन्द्रको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्थापना संगै सरल र सहज सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँमै थप स्वास्थ्य सेवा पाउँद  स्थानीय नागरिक खुशी भएको बताउनुभयो ।

स्वास्थ्यलाई नजिक बाट महशुस गरि इकाई विस्तार तथा गुणस्तरिय स्वास्थ्य सेवाका लागि बजेट विनियोजन गरेर नै यो सम्भव भएको बताउदै गाउँपालिका स्वास्थ्य संयोजक सुनिल अधिकारीले अब सेवा पनि चुस्त दुरुस्त हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com