2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा म्यादी प्रहरीलाई तालिम शुरु

पाल्पामा म्यादी प्रहरीलाई तालिम शुरु


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २८ २०७८
1.1K

पाल्पा ।
                 पाल्पामा म्यादी प्रहरीलाई तालिम दिन शुरु गरिएको छ । आगामी बैशाख ३० लाई तोकिएको स्थानीय तह निर्वाचनका लागि सुरक्षार्थ भर्ना गरिएका म्यादी प्रहरीलाई सोमबारबाट तालिम दिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो ।                                                                                                    जिल्लामा म्यादीका लागि १ हजार ८१ जना छ्नौट भएका छन् । निर्वाचन आयोगले जिल्लाको अबस्थागत अध्ययन पछि पाल्पाको लागि १ हजार ८१ जना म्यादी प्रहरी माग गरेको थियो । पहिले १ हजार २१ माग भएकोमा पछि ६० जना थप भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन श्रीनगरडाडा, रामपुरमा निर्वाचन सम्बन्धि आन्तरिक तथा बाह्य प्रशिक्षण चलाएको छ ।                                                                                                                                                   तानसेन श्रीनगर डाँडाको खेल मैदानमा आयोजित कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले राज्यले खटाए अनुसार महत्त्वपूर्ण जिम्मेवारी निभाउन आग्रह गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा उपरीक्षक शाहीले म्यादीको काम कर्तव्यबारे जानकारी गराउदै जिम्मेवारी, ईमान्दारपूर्वक भुमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com