पाल्पा महोत्सवको अन्तिम दिन को- कस्को प्रस्तुति?
पाल्पा ।
गत बैशाख १४ गतेबाट सुरु भएको ‘पाल्पा महोत्सव’ यही आइतवार सकिदैछ ।
दैनिक कलाकारको प्रस्तुती भईरहेको महोत्सव समापनका दिन पनि कलाकारको प्रस्तुति निरन्तर हुने आयोजकले जनाएको छ । मध्यान्ह १२ बजेपछि औपचारिक कार्यक्रम हुने र त्यसलगत्तै चर्चित कलाकारहरुको साथमा सांगीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघ पाल्पाले जनाएको छ ।
महोत्सव समापनमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल आउनुहुने तयारी छ । शुक्रबार र शनिबार दर्शकको भिडले खचाखच महोत्सव स्थलमा आइतबार पनि दर्शक भरिने आयोजकको अपेक्षा छ ।
आइतबार महोत्सव समापनका दिन सांगीतिक कार्यक्रममा चर्चित पाल्पाली गायक पुस्कल शर्मा दर्शकको आकर्षणको केन्द्र रहनेछन् । गायक पुरुषोत्तम गैरे, सुमन गैरेको प्रस्तुति रहनेछ । हास्य कलाकार नारायण बस्यालले दर्शकलाई हँसाउनेछन् ।