2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीलाई मिल्यो विश्वासकाे मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीलाई मिल्यो विश्वासकाे मत


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०
687

लुम्बिनी ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको  छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो ।

चाैधरीले ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदकाे मत पाउनुभएको छ भने २९ मत उहाँकाे विपक्षमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना सासंद भने तटस्थ रहे ।

गएकाे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चाैधरीले पाँच दिनपछि आज विश्वासकाे मत लिनुभएकाे हाे । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका चार, जनमत, जसपा र लोसपाका तीन/तीन, जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र एक/एक सांसदसहित ५३ जनाको समर्थन छ । प्रदेशमा ८७ जना सांसद रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com