शुक्रबार पाल्पा महोत्सवमा राजु परियार र पुर्खे बा सहितको प्रस्तुति
पाल्पा ।
महोत्सवको दोस्रो दिन १५ गते चर्चित लोकगायक राजु परिवार प्रस्तुति रहने भएको छ ।
नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक राजु परियारसँगै दोस्रो दिन गायक मोहन खड्का, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), गायिका सपना गाहा, दुर्गा नेपाल, शित्तल शर्मा,गायक केशव भण्डारी लगायतको समेत प्रस्तुति रहनेछ ।
पाल्पामा बिहिबारबाट शुरू भएको पाल्पा महाेत्सवकाे पहिलो दिन लोकगायक बसन्त लम्साल, अनु राना, कमल भट्टराई, यशोदा कार्की लगायतको प्रस्तुति थ ।
पाल्पामा २४ गतेसम्म चल्ने १३ औं संस्करणको यो महोत्सवमा हरेक दिनजसो राष्ट्रिय ख्यातीप्राप्त तथा स्थानीयस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक भिमबहादुर श्रेष्ठले बताउनुभयो ।