पाल्पा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रामपुर नगरको दोस्रो अधिवेशनले महासंघको ४ वर्षे कार्यकालको नयाँ नेतृत्व निर्वाचित गरेको छ । राम्चे सामुदायिक वनको सभाहल राम्चेवनमा भएको महासंघको दोस्रो अधिवेशनले राम्चे सामुदायिक वनका उपभोक्ता तथा महासंघ प्रदेश सदस्य विन्दु श्रेष्ठको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ताजिम शेख, सचिवमा जुनु शेख, कोषाध्यक्षमा तेज कुमारी बस्याल रहनु भएको छ । समिति सदस्यहरुमा वृहस्पति खाँड, मोहन प्रसाद कंडेल, शिवराज सिग्देल, सोवित खड्का, संगिता पोखरेल, विष्णु सुवेदी, सविता पराजुली, इश्वरी खनाल, सन्जु परियार, मुना थापा, शिव कुमारी पौडेल, हरि आचार्य, प्रेमकला नेपाली, दिपकमणी अर्याल, कृष्ण शाही ठकुरी र टंक प्रसाद सेंढाई रहनु भएको छ ।
अधिबेशनले समितिको लेखा समिति संयोजकमा गोपाल श्रेष्ठलाई न्यायिक समिति संयोजकमा लक्ष्मी थापालाई र अनुगमन समिति संयोजकमा राधिका भण्डारीलाई चयन गरेको छ ।
त्यस्तै बैशाख १६ गते हुने जिल्ला अधिबेशन प्रतिनिधिमा कृष्ण प्रसाद श्रेष्ठ, यज्ञमूर्ति घिमिरे र मित्रा ढकाललाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा कृष्ण प्रसाद श्रेष्ठलाई चयन गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक वन उपभोक्ताको अधिकारका लागि महासंघ लागि परिरहेको बताउनुभयो । उपभोक्ताको हितमा राज्यलाई झकझक्याउने कार्यमा सदैव साथ रहेको उल्लेख गर्दै उहाँले स्थानीय स्तरमा अधिकार प्राप्तिको लागि वन, उपभोक्ता र महासंघ एक ठाउँ उभिनुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला अध्यक्ष निरञ्जन भुसालले वन ऎनबारे जानकारी दिदै अधिकार र दायित्वलाई बनका उपभोक्ताले संगसंगै लानुपर्ने र वन वातावरणको काममा स्थानीय तहसंग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्यहरु विन्दु श्रेष्ठ, यज्ञमुर्ति घिमिरे, रामपुर नगरपालिका वडा नं. ४ का वडा सदस्य मोहन सिं राना, सव डिभिजन वन कार्यालय रामपुरका केश बहादुर खण्डलुक, कोप्चे सामुदायिक वनका अध्यक्ष लेखनाथ पोखरेल, राम्चे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दयराम गैरे, रानीवन तथा वडभान सामुदायिक वनका सहसचिव सञ्जु देवी परियार, रुचुन डाँडा सामुदायिक वनका सचिव वृहस्पती मल्लले शुभकामना सहित वन विकास र आइपरेको समस्याबारे धारणा राख्नु भएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालले ४ वर्षको अवधिमा महासंघले सञ्चालन गरेका गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष विष्णु माया गैरेले १ लाख ६० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको अधिबेशनमा सदस्य इश्वरीदेवि खनालले स्वागत र महासंघ रामपुरका सदस्य ताजिम शेखले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघ रामपुरका सचिव लक्ष्मी थापाले गर्नुभएको हो ।