2

Logo २०८३ बैशाख १३ आइतबार
आज देशभर भिटामिन र जुकाको औषधि खुवाइदै

आज देशभर भिटामिन र जुकाको औषधि खुवाइदै


Sabalnews प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०
687

काठमाडौं ।

सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउदैछ ।

जन्मेको ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

महिला स्वास्थ्य स्वयंसेविका मार्फत उनीहरुलाई नजिकको खोप केन्द्र तथा पायक पर्ने स्थानमा भिटामिन र औषधि खुवाउने गरिन्छ ।

नेपाल सरकारले हरेक बर्ष बैशाख ६ र ७ गते र कार्तिकमा ५ बर्ष उमेरमुनिका बालबालिकालाई भिटामिन र २ बर्षमाथिकालाई जुकाको औषधि खुवाउदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com