2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाका विभिन्न जङ्गलमा डढेलो, सावधानी अपनाउन जोड

पाल्पाका विभिन्न जङ्गलमा डढेलो, सावधानी अपनाउन जोड


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०
813

पाल्पा ।

पछिल्लो समय जिल्लाका विभिन्न सामुदायिक वन र पाखो क्षेत्रमा डढेलो लाग्ने क्रम बढेको छ ।

सुख्खायाम बढ्दै जानु, विभिन्न बाहानामा जान अन्जान र मानिसहरुको लापरबाहीले डढेलो लागेको हो । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायण देव भट्टराईले धेरै डढेलो मानवीय कारण लाग्ने गरेको बताउनुभयो ।

पात पतिङ्गर पोल्ने, झाडी सफा गरेर डढाउने, प्रज्वलन पदार्थ, चुरोटको ठुटो बेबारिसे फाल्ने जस्ता क्रियाकलापले बढी आगोलागी डढेलो लागेको पाइएको उहाँले बताउनुभयो ।

अहिले जिल्लाको डिभिजन वन कार्यालय नजिकै बनदेवी क्षेत्र, रैनादेवी छहराकाे साेमादि र भुवनपोखरीको सिमानामा पर्ने रानीवन र रामपुर १० को लम्पाल वनमा भिषण डढेलो लागेको स्थानीयको भनाई छ । अन्य ठाउँमा फैलन नदिन, पानीका स्रोत पाइप, जोगाउन तथा बस्तीमा आउन नदिन स्थानीय लागेका छन् । कतिपय स्थानका बस्तीमा जोखिम रहेको र  नियन्त्रणको प्रयास भइरहेको छ । जिल्ला बन कार्यालयको टिम समेत आगो निभाउन लागेको छ ।

पछिल्लो एकहप्ता यता धेरै स्थानमा डढेलो लागेको छ । रामपुर ४ मा विभिन्न बनमा केही दिन यता डढेलो लाग्ने निभाउने क्रम चलिरहेको छ ।

जिल्लामा प्रहरी, नेपाली सेना, वनका उपभोक्ता सहित स्थानीय डढेलो निभाउन सक्रिय हुने गरेका छन् ।

डिभिजन वन प्रमुख भट्टराईले डढेलोले फाइदा नभई असर मात्र गर्ने हुँदा सुख्खा समयमा बाहिर जथाभावी आगि नलगाउन र सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com