सरोकारवालालाई वुटवलमा अपाङ्गता समावेशी विकास तालिम
वुटवल ।
स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरुका लागि ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धी एक दिने तालिम दिइएको छ ।
तिलोत्तमा नगरपालिकामा दृष्टिविहिन महिला संघ नेपालको आयोजानमा चलेको तालिमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले संविधानले प्रत्याभुत गरेको अपाङ्गताको हक अधिकार स्थापित गर्न नगरपालिका सदा लगेको बताउनुभयो। उहाँले अपाङ्गता संमन्वय समिति गठन गरेर सोही अनुसारको योजनाबद्ध विकासमा नगर लागेको बताउनुभयो ।
तिलोत्तमा वालमैत्री शासन व्यवस्था भएको नगरपालिका हो, जुनसुकै संरचना पनि अपाङ्गतामैत्रीत भएको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता नगर संमन्वय समितिको संयोजकको रुपमा अपाङ्गता भएका व्याक्तिहरुको हक, हित र समाजमा पुर्नस्थापानका लागि जहिले पनि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा दृष्टिविहिन महिला संघका अध्यक्ष सिता सुवेदी, महासचिव अनिता सिग्देल लगायतले बोलेका थिए ।
महिला वालवालिका तथा समाजकाल्याण मन्त्रालयका उप सचिव निरा अधिकारीले कार्यक्रममा सहजीकरण गर्दै अपाङ्गता अधिकार, भएका व्यवास्थाको विषयमा प्रकाश पार्नुभयो ।
तालिममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, सामाजिक विकास शाखा प्रमुख शारदा भण्डारी, नगरकार्यपालिका सदस्य शुरेन्द्र श्री लगायतले आ- आफ्नो भनाई राख्नुभएको थियो ।