2

Logo २०८३ बैशाख १४ सोमबार
निस्दीले गर्यो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई

निस्दीले गर्यो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
1.3K

पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिकाले चालू आर्थिक बर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

गाउँपालिका कार्यालय हलमा आयोजित कार्यक्रममा निस्दी गाउँपालिकामा हालसम्म वित्तीय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको जानकारी दिइएको छ ।  पालिकामा हालसम्म २ सय ४९ वटा योजनाको सम्झौता भएको र ६४ वटा योजनाको फरफारक समेत भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो ।

निस्दीले विगत एक वर्षदेखि बन्द रहेको २५ किलोवाट क्षमताको वायु उर्जा सञ्चालनमा ल्याएको, एकीकृत घुम्ती सेवा सञ्चालन र स्वास्थ शिविर सञ्चालन गरेको दयालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७३ जना स्वरोजगार, सात वटै वडा जोडिने गरि केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नतिका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना अगाडि बढाउनुका साथै १५ शैया हस्पिटलको दोस्रो ढलान र पर्खाल निर्माणको काम चलिरहेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा वालविवाहको समस्या, शैक्षिक गुणस्तर, पर्यटन प्रबर्द्धन, बिजुली, यातायात र गाउँ- गाउँमा अझ खानेपानीको जोहो गर्न धौधौ परेको जिज्ञासा राखेका थिए। उनीहरुले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सहकारीको अनुगमन तथा व्यवस्थापन बारे प्रश्न गरेका थिए ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पालिकाले परिणाम आउने खालको काम गरेको बताउनुभयो। अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गर्दै पर्यटन प्रबर्द्धनलाई अझ शसक्त बनाउदै लैजाने बताउनुभयो ।

गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा गाउँपालिक उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेकपा एमालेका दमन सिंह थापा, नेपाली कांग्रेसका पूर्ण बहादुर खाँण लगायतले शुभकामना व्यक्त गर्नुुुभएको थियो।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

सहभागीले उठाएका जिज्ञासाको जवाफ गाउँपलिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न विषयगत शाखा संयोजकले दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com