2

Logo २०८३ बैशाख १३ आइतबार
नयाँ बर्षको अबसरमा स्याङ्जाको चापाकोटमा साङ्गितिक कार्यक्रम

नयाँ बर्षको अबसरमा स्याङ्जाको चापाकोटमा साङ्गितिक कार्यक्रम


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र २२ २०७९
778

स्याङ्जा ।

चापाकोट बजार ब्यवस्थापन समिति स्याङ्जाले नयाँ बर्ष २०८० को अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

नयाँ बर्ष विशेष कार्यक्रम राष्ट्रिय कलाकारको साथमा कार्यक्रम धमाका गर्ने चापाकोट बजार व्यवस्थापन समितिका अध्यक्ष हेमन्तराज बरालले बताउनुभयो । नयाँ बर्षको अवसरमा चैत ३० गते र २०८० बैशाख १ गते पहिलो दिन चापाकोट सुन्तलीटार बजारमा कार्यक्रम हुनेछ ।

नयाँ वर्षको अवसरमा राष्ट्रिय कलाकारहरुबाट सांगीतिक कार्यक्रम, स्थानीय जातजातीको साँस्कृतिक झाँकी प्रर्दशन, क्लबस्तरीय नृत्य प्रर्दशन, सडक महोत्सव जस्ता कार्यक्रम तय गरेको बजार व्यवस्थापन समितिका सचिव देवराज गैह्रेले जानकारी दिनुभयो ।

कालीगण्डकी बेशीको सुन्तलीटारमा नयाँ बर्ष संगै उद्योगी व्यबसायीमा हौसला, पर्यटन प्रबर्द्धन, सस्कृति संरक्षण र व्यापारिक आम्दानी गरि सामाजिक कार्यमा सक्रियताका लागि बिशेष कार्यक्रम आयोजना गरिएको प्रचारप्रसार संयोजक रामु बस्यालले बताउनुभयो ।

विसं २०६५ मा स्थापना भएको चापाकोट बजार व्यवस्थापन समितिमा सुन्तलीटार बजार श्रेत्रका २ सय ५० व्यबसाय आबद्ध छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com