2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पा उद्योग बाणिज्य संघले दियो उद्योगी ब्यबसायीलाई कर शिक्षा

पाल्पा उद्योग बाणिज्य संघले दियो उद्योगी ब्यबसायीलाई कर शिक्षा


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९
701

पाल्पा ।

पाल्पा उद्योग बाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको समन्वयमा पाल्पाका उद्योगी ब्यबसायीहरुलाई कर शिक्षा कार्यक्रम तानसेनमा भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी करदाता सेवा कार्यालय पाल्पाकी प्रमुख गीता पाण्डेले ब्यबसायीहरुलाई कर सम्बन्धि जानकारी दिदै कार्यक्रममा स्थायी लेखा नम्बर, मिसम्याच, मुल्य अभिबृद्धि कर लयायतका बिषयमा जानकारी दिनुभयो। उहाँले सेवा कार्यालय ब्यबसायीहरुको सहयोगी रहेको बताउनुभयो । प्रमुख पाण्डेले सरकारले तोकेको निश्चित कारोबार रकम भन्दा बढी कारोबार हुदाँ मिसम्याचमा परिने बताउदै ब्यबसायीहरुलाई खरिद बिक्रिको हिसाब राम्रोसंग राख्न सुझाब दिनुभयो ।

पछिल्लो समय सरकारले ब्यबसायीहरुलाई राहात दिने उद्धेश्यले मिसम्याच स्किम ल्याएको बताउदै कारोबार नाघेको रकमको १ दशमलब ५ प्रतिशत मात्र तिर्नुपर्ने ब्यबस्था यही चैत मसान्त सम्म मात्र रहेको बताउनुभयो । यो स्किममा नआएको खण्डमा ५१ प्रतिशतले कर तिर्नुपर्ने अबस्था आउने बताउनुभयो ।  खरिद र बिक्रि बिल प्रयोग गर्न, ब्यबसायीलाई कारोवारको हिसाब राख्न लगायतका बिषयका जानकारी दिइएको छ ।

ब्यबसायीले कारोबार नगरेपनि मिसम्याच देखिएको, चिन्दै नचिनेको फर्मबाट बिल जारी भएको, पोहरसाल मिसम्याच तिरे पनि पुनः सोही मितिमा मिसम्याच देखिएको, दर्ता नभएकाबाट हैरानी खेप्नु परेको जस्ता गुनासा राखेको अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।

उहाँले उद्योगी व्यबसायीमा परेको लेखा समस्या हल गर्न कर शिक्षा कार्यक्रम गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com