पाल्पामा २ कारागार र २ दृष्टिविहिन परीक्षार्थीले एसईई दिने, जिल्लामा ४ हजार ५ सय ४६ जना परीक्षार्थी
पाल्पा ।
पाल्पा जिल्लाबाट ४ हजार ५ सय ४६ जना विद्यार्थी यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुने भएका छन् । जिल्लाभर २७ परीक्षा केन्द्रबाट ११ प्राविधिक धार सहित १ सय ३७ विद्यालयबाट परीक्षार्थी सहभागी हुनेछन् ।
जसका लागि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले केन्द्राध्यक्ष २७, सहायक केन्द्राध्यक्ष ३१, निरिक्षक २२६, सहायक कर्मचारी ४६, विद्यालय सहयोगी ९१, सुरक्षाकर्मी १ सय ३५ जना खटिने जानकारी दिनुभयो । जिल्लामा यस वर्ष जम्मा परीक्षार्थी ४ हजार ५ सय ४६ जना विद्यार्थीमा छात्र २ हजार २ सय ८९ छात्रा २ हजार २ सय ५७, प्राविधिक धारतर्फ जम्मा विद्यार्थी २ सय ३९ जना रहेका छन् जसमा छात्र १२४, छात्रा ११५, ग्रेडवृद्धि १ सय १४ मा छात्र ३९ र छात्रा ७५ जना रहेका छन् ।
जिल्लामा २ जना कारागार र २ जना दृष्टिविहिन परीक्षार्थी रहेका छन् । सबैभन्दा बढी दरैठाटी मावि रामपुरमा २ सय ८६, सबैभन्दा कम दर्लमडाँडा माविमा ६८ जना परिक्षार्थी छन् । यस वर्ष पाल्पा जिल्लामा सबैभन्दा बढी जनता माध्यमिक विद्यालय तानसेन परिक्षा केन्द्रबाट साधरण तर्फ १४६, प्राबिधिक तर्फ २५ र खुल्लामा २० गरी १ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछन् ।
एसइइ परीक्षा मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो । प्राविधिक सहायक बमबहादुर थापाका अनुसार सबै केन्द्रमा केन्द्राध्यक्ष तोक्ने र आवश्यक तयारी भइरसकेको छ । उहाँले शान्तभएर परीक्षामा आउन सबै विद्यार्थीमा आग्रह गर्नुभयो । यस वर्षको एसइइ १७ गते शुक्रवारदेखि सुरु हुनेछ ।