2

Logo २०८३ बैशाख १३ आइतबार
चिरायुले गर्‍यो निरन्तर कलाकारलाई सहुलियत उपचारमा सम्झौता

चिरायुले गर्‍यो निरन्तर कलाकारलाई सहुलियत उपचारमा सम्झौता


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९
995

काठमाडौं ।

चिरायु नेशनल हस्पिटलले कलाकारलाई उपचारमा सहुलियतको व्यबस्थालाई निरन्तरता दिएको छ । हजारौं बिरामीलाई सहज र सरल स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको हस्पिटलले बिगत २ बर्ष देखी कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्दै आईरहेकोमा सो कार्यक्रमलाई सम्झौता थप गरि निरन्तरता दिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष रमेश बिजीको कार्यकालमा कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्ने सम्झौता राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र चिरायु अस्पताल बिच भएको थियो ।

प्रतिष्ठानका ८ औं केन्द्रिय महाधिबेशनबाट निर्वाचित केन्द्रिय अध्यक्ष रिता थापा मगरले आफ्नो कार्यकाल अवधिभर कलाकारहरुलाई बिशेष सहुलियतका साथ उपचार गर्न सहकार्य गर्नुभएको हो । पुनः सम्झौता संगै कलाकारको उपचारमा चिरायुले सहुलियत दिने अस्पताल प्रमुखले जानकारी दिनुभयो । सम्झौताको समय प्रतिष्ठान केन्द्रिय अध्यक्ष रिता थापा मगर, थिएटर निर्देशक आशिक मल्ल, चर्चित लोक दोहोरी गायिका शिला आले, कलाकार निर्णय श्रेष्ठ, समाजसेबी मोहन बल्लभ राना, निर्देशक दिलिप रानाभाट सहित केही सञ्चारकर्मीलाई प्रिभिलेज कार्ड (बिशेषाधिकार कार्ड) प्रदान गरिएको छ ।

“सकभर त कोही पनि बिरामी हुन, हस्पिटल आउन नपरोस् । बिरामी भईहालेको खण्डमा उपचार कहाँ गरु?” भन्ने चिन्तामा चिरायु नेशनल हस्पिटलले साथ दिएको बताउदै हस्पिटल आउदा मेरै घरमा आएको जस्तो लाग्ने सेवामा तत्पर रहन आग्रह गर्नुभयो ।

यस हस्पिटलले कलाकारहरुलाई र प्रतिष्ठानलाई देखाएको माया प्रति खुसी व्यक्त गर्दै थापाले हस्पिटलमा परिवारिक घुलमिलको वातावरण र उपचार सेवाप्रति सबैको मन जित्न सफल भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com