कृष्णादेवी माबिमा थापाको अध्यक्षतामा नयाँ समिति चयन
पाल्पा ।
कृष्णदेवी माध्यमिक विद्यालय रामपुर २ भलायटारमा बसेको अभिभावक बैठकले श्रीलाल थापाको अध्यक्षतामा विद्यालय व्यबस्थापन समितिको गठन गरेको छ ।
विद्यालयमा बसेको भेलाले समितिको सदस्यहरुमा पदम पौडेल, पदम बहादुर कुमाल, बिष्णु माया कुमाल, बुद्धकला राना, इश्वरी थापा र वडा अध्यक्ष कृष्ण बहादुर दर्जीलाई चयन गरेको छ ।
भेलामा नयाँ शैक्षिक सत्र एवं नवबर्ष २०८० को एकआपसमा शुभकामना आदानप्रदान गरेको विद्यालयले जनाएको छ ।