नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीको दोस्रो गाउँ परिषदमा २६ शिक्षक सम्मानित
पाल्पा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी गाउँपालिका पाल्पाको दोस्रो गाउँ परिषद सम्पन्न भएको छ ।
गाउँ परिषदको अवसरमा पालिकाका शिक्षक सेवामा स्थायी सिफारिस हुने २६ जना शिक्षक तथा शिक्षिकाहरु तथा २ जना बढुवा हुने शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद नारायण प्रसाद आचार्यले वर्तमान समयमा प्राबिधिक र व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका अध्यक्ष मोहन सापकोटाले शिक्षकहरुको हकहितका लागि संगठनको भूमिका सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गाउँ शिक्षा ऐन बनाउन थालेको बताउदै शिक्षकको विषयगत तालिम र अभिभावक शिक्षा कार्यक्रम सन्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा संयोजक नर बहादुर थापा, संगठनका केन्द्रिय प्रतिनिधि केशब के.सी. ले बोल्नु भएको थियो । परिषदले निस्दी संगठनका अध्यक्ष लोक बहादुर सारुको संगठनिक र आर्थिक प्रतिवेदनलाई अनुमोदन समेत गरेको छ ।
संगठनका उपाध्यक्ष खेम बहादुर सारुको स्वागत र सन्चालन सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।