2

Logo २०८३ बैशाख १३ आइतबार
लगन होइन २० बर्षपछि मात्र विहेको सुझाब दिने पुरोहितलाई नगरपालिकाको पगरी

लगन होइन २० बर्षपछि मात्र विहेको सुझाब दिने पुरोहितलाई नगरपालिकाको पगरी


Sabalnews प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९
785

कालिकोट ।

जिल्लाको तिलागुफा नगरपालिकाले लगन नदिई २० बर्षपछि मात्र बिहेवारीको सुझाब दिने पुरोहितलाई सम्मान गरेको छ ।

बालविवाह न्युनिकरणलाई जोड दिदै आएको नगरपालिकाले बिहेको लगन हेराउने, झारफुक गर्ने स्थानीय धामी तथा पुरोहितलाई बालविवाह अन्त्यबारे जानकारी दिदै बालबिवाह न्युनिकरण र झारफुक मात्र गर्ने गराउने प्रवृत्ति अन्त्य गर्दै नजिकको स्वास्थ्य सस्था जान सल्लाह दिनुपर्ने लगायतको अभियान चलाउदै आएको थियो ।

तिलागुफा नगरपालिकाको आयोजना र किडार्क नेपालको आर्थिक सहयोगमा चलेको बाल बिवाह न्यूनीकरणमा पुरोहितले महत्त्वपूर्ण योगदान पुराएको भन्दै नगरपालिका भित्रका ११ वटा वडाका १०० जना बढी धामीझाँक्री र पुरोहितहरुलाई टाउकोमा फेता (पगरी) बाधेर पन्चेबाजा सहितको र्‍याली गरि बजार परिक्रमा गराई सम्मान गरेको हो।

बालबालिका वा दुबै तर्फको परिवारहरु बिवाहा गर्न र गराउन राजी भई लगनको लागि धामीझाँक्री वा पुरोहितकोमा आउदा यहाँका पुरोहितले लगन नदिएर २० बर्षपछि मात्र बिहे गर्न सुझाव दिई पठाउने गरेका छन् । यो भुमिकाले पनि कर्णाली प्रदेशको कालिकोटमा बालविवाह न्युनिकरणमा राम्रो उपलब्धि मिलेको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताउनुभयो ।

पुरोहितले गर्दै आएको काम, दिएको सुझाब र उनीहरुमा हौसला थप्न उक्त सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com