न्यायीक समिति माथागढीमा जिल्ला न्यायाधीश सहितको सहजीकरण
पाल्पा ।
माथागढी गाउँपालिकाको न्यायिक समितिको जिल्ला अदालतको टोलीले अनुगमन तथा सहजीकरण गरेको छ ।
जिल्ला अदालतका जिल्ला न्यायाधीश कमलराज बिष्ट र श्रेष्तेदार दुर्गा बस्याल सहितकोको टोलिले माथागढीमा न्यायीक समितिको काम, अबस्थाबारे जानकारी सहित सहज न्यायीक निरुपण बारे सहजीकरण गरेको छ ।
माथागढी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक विष्णु माया लुङ्चेले न्यायीक समितिले गर्दै आएका काम र गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
न्यायीक समिति संयोजक लुङ्चेको संयोजकत्वमा भएको सहजीकरणमा जिल्ला न्यायाधीश बिष्टले गाउँपालिका भित्र समितिले लिन सक्ने उजुरी, दर्ता, प्रक्रिया र निराकरणको बारेमा सहजीकरण गर्नु भएको थियो ।
छलफलमा उहाँले स्थानीय स्तरमा सहजीकरणका माध्यमबाट समस्यामा परेका दुबै पक्षलाई कसरी सरल तरिकाले समाधान गर्न सकिन्छ र स्थानीय स्तरमा भएको छलफलमा समझदारी हुन नसकेका बिषयलाई माथी पठाउने बिषयमा जानकारी दिनुभएको थियो ।