2

Logo २०८३ बैशाख १३ आइतबार
सहिद स्वबियु निर्वाचन: नेबिसंघ ईतिहास जोगाउन र अनेरास्ववियु ईतिहास रच्न अन्तिम चुनावी रणनितिमा

सहिद स्वबियु निर्वाचन: नेबिसंघ ईतिहास जोगाउन र अनेरास्ववियु ईतिहास रच्न अन्तिम चुनावी रणनितिमा


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र २ २०७९
1.4K

पाल्पा ।

यतिबेला अधिकांश कलेजमा स्ववियु निर्वाचनले माहोल तातेको छ । त्रिभुवन बिश्वबिद्धालयले आगामी चैत ५ लाई तोकेको स्ववियु निर्वाचनका लागि चुनावी प्रचारको अन्तिम दिन विद्यार्थी संगठनहरु अन्तिम चुनावी रणनीतिमा जुटेका छन् ।

स्वबियु निर्वाचनले पाल्पाका क्याम्पसहरुमा चहलपहल बढेको छ । पाल्पाका मुख्य क्याम्पसहरु तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पस र रामपुरको सहिद बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठनहरु चुनावी माहौल आफ्नो पक्षमा पार्न लागिरहेका छन् ।

२०५५ सालदेखि नै नेबिसंघले एकछत्र राजगर्दै आएको शहिद बहुमुखी क्याम्पसमा यसपटक पनि नेबिसंघ आफ्नो पुरानो विरासत जोगाउने दाउमा छ । त्रिभुवन विश्वविद्यालयको निर्देशिका अनुसार फागुन ४ गतेसम्म भर्ना भएकाले मात्रै मतदान गर्न पाउने छन् । शहिद बहुमुखी क्याम्पसमा अध्ययनरत ७ सय ८२ विद्यार्थी निर्वाचनमा सहभागी हुँदैछन् ।

शहिद बहुमुखी क्याम्पसमा नेबिसंघ ल्याकत अलिको नेतृत्वमा प्रतिष्पर्धामा उत्रिएको छ । अनेरास्ववियु क्रान्तिकारीको साथ रहेको नेविसंघमा सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु सहित सदस्यमा कसम मल्ल, कविता राना, जयन्त दर्जी, अस्मिता खनाल र महेश राक्से प्रत्यक्षमा छन् ।

अनेरास्ववियुको नेतृत्व सन्देश ढकालले गर्दैछन् । अनेरास्ववियुले सचिवमा रमा श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा वि.क. सदस्यमा अनिता श्रेष्ठ, जानकी बयम्बु, समर बहादुर खन्गाहा, राजन गौतम, सम्बोधन खनाल सहित छन् । प्रत्यक्षमा ५ सदस्य र समानुपातिक तर्फ १० सदस्यले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । सभापति, सचिव, कोषाध्यक्ष सहित ५ सदस्य प्रत्यक्ष निर्वाचनबाट र उपसभापति, सहसचिव र ५ सदस्य समानुपातिकबाट चयन हुनेछन् ।

लामो समयदेखि एकलरुपमा जित्दै आएको नेबिसंघ यसपटक पनि विभिन्न शैक्षिक मुद्दा लिएर चुनावमा होमिएको छ । नेबिसंघले जिल्लाको पुर्व रहेको क्याम्पसमा अन्य स्थान र जिल्लाबाट पनि पढ्न आउने हुँदा “सुबिधा सम्पन्न छात्राबासको व्यबस्था, भाडामा बस्ने विद्यार्थीलाई भाडा र घरधनीलाई करको छुट, आधुनिक र इ-लाइब्रेरीको सञ्चालन र पुर्ण पहुँच, यातायात सुबिधाका लागि बस सेवा, सम्पूर्ण विद्यार्थीको परीक्षाको निम्ति होम सेन्टरको व्यवस्था” सहितको एजेण्डा अघि सारेको छ ।

अनेरास्ववियुले ‘‘एक विद्यार्थी एक स्वास्थ्य बिमा, प्रत्येक विषयको सर्वसुलभ पाठ्यपुस्तक, स्वस्थ प्रतिस्पर्धाबाट दक्ष र सम्मानित क्याम्पसको नेतृत्व, उच्च शिक्षा प्रविधिमैत्री शिक्षामा जोड, सुशासन पारदर्शिता”लाई चुनाबी मुद्धा बनाएको छ ।

२०४६ सालको प्रजातन्त्र प्राप्तिको लागि गरिएको आन्दोलनमा वीरगति प्राप्त शहिद सुर्य घिमिरेको बलिदानले सिञ्चित गण्डकीबेशीको उपत्यका रामपुरमा बि.स.२०४८ सालमा शहिद बहुमुखी क्याम्पस स्थापना भएको हो। क्याम्पस स्थापनापछि २०५५ साल यता स्ववियु निर्वाचनमा नेविसंघले जित्दै आएकोमा अहिले इतिहास रच्ने दाउमा अनेरास्ववियु छ । आठौं स्ववियु निर्वाचन सम्म आइपुग्दा नेतृत्व इतिहास कायम राख्ने कि? इतिहास रच्ने? दाउमा विद्यार्थी संगठनहरु अन्तिम कसरतमा छन् ।

फागुन २७ गते उम्मेदवारी दर्ता देखि तिब्र बनेको चुनाबी प्रचारप्रसार चैत २ गते राती १२ बजेसम्म प्रचारको समय तोकिएको छ ।

रामपुर र निस्दीमा भेटघाटलाई प्रचारमा प्राथमिकता दिएको नेबिसंघबाट स्वबियु सभापति पदका उमेदवार ल्याकत अलिले बताउनुभयो । भेटघाट, फोन र गतिविधिमा चुनाबी ध्यान दिएको अनेरास्ववियुबाट स्वबियु सभापति पदका उम्मेद्बार सन्देश ढकालले जानकारी दिनुभयो ।

पाल्पा सदरमुकाम सहितका केही क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम तयारीमा विद्यार्थी संगठन जुटेका छन् । मदनपोखराको माण्डव्य क्याम्पस दमकडामा सरोज अधिकारीको नेतृत्वमा अनेरास्ववियु निर्विरोध निर्वाचित भएको छ । स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com