2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा टिप्पर दुर्घटना हुँदा १ को ज्यान गयो एक घाइते

पाल्पामा टिप्पर दुर्घटना हुँदा १ को ज्यान गयो एक घाइते


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन २८ २०७९
484

पाल्पा ।

जिल्लाको माथागढी गाउँपालिका ६ मा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।

माथागढी गाउँपालिका ६ चिल्लेपानी स्थित गोठादीबाट रहबास पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटनामा चालक बिष्णु गुरुङको घटनास्थलमा नै ज्यान गएको हो ।

टिप्पर सडकदेखि अन्दाजी ४० मिटर तल खस्दा टिप्परका चालक रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने ४० वर्षीय गुरुङ्गको मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटमा टिप्परमा रहेका माथागढी ७ बस्ने वर्ष ५० का हुमबहादुर परियार घाइते भएका छन् । उनको खुट्टामा चोट रहेको र उपचारको लागि तानसेन लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रथापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com