2

Logo २०८३ बैशाख १४ सोमबार
महिला दिवसमा रामपुरका ५० रत्न सम्मानित

महिला दिवसमा रामपुरका ५० रत्न सम्मानित


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन २५ २०७९
743

पाल्पा ।

रामपुर नगरपालिकाले रामपुर नगरपालिका भित्रका उत्कृष्ट काम गर्ने नारीहरुलाई सम्मान गरेको छ ।

विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने उदाहरणीय महिलाहरुलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सम्मान गरेको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो ।

रामपुर नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रम मार्फत महिलालाई गरेको सहयोग उद्यम पेशा व्यबसायमा समाजमा उदाहरीय नमुना कार्य गरेको महिलालाई सम्मान गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गरिबी उन्मुलनका लागि लघु उद्यम बिकास कार्यक्रमबाट गठित महिला उद्यम बिकास समुह अन्तर्गत रामपुर २ को सावन उद्योग, रामपुर ६ को आलुको चिप्स बनाउने महिला समूह, रामपुर ८ को सरफ  भ्यानचालक मैना श्रेष्ठ, पाका गायक गीतकार तिवारी आमा लक्ष्मी तिवारी, उत्कृष्ट पत्रकार पुरस्कारबाट सिर्जना घिमिरे, सीता डोटेल, रमा भण्डारी, शुशिला रेग्मीलाई सम्मान गरेको हो ।

नगरपालिकाले ५० समूह तथा व्यक्तिलाई बुधबार दिवसमा सम्मान गरेको हो । सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको महिला शाखा प्रमुख पुजा परियारले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com