2

Logo २०८३ बैशाख १३ आइतबार
रेडक्रस पाल्पाको निर्वाचनमा बाबुराम कार्कीको प्यानल बिजयी

रेडक्रस पाल्पाको निर्वाचनमा बाबुराम कार्कीको प्यानल बिजयी


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९
631

पाल्पा ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्कीको प्यानल निर्वाचित भएको छ । यस अघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतमा रहनु भएका कार्की तानसेनमा सम्पन्न अधिवेशनबाट अध्यक्ष सहित आफ्नो टिमलाई नै बिजयी गराउनुभएको हो ।

कार्कीले अधिकृतको जिम्मेवारीबाट राजीनामा दिएर सभापतिमा उम्मेद्वारी दिनुभएको थियो । यस्तै गरी उपसभापतिमा भिमसेन कार्की, महिला उपसभापतिमा विनिता लुुईटेल र मन्त्रीमा केशवराज नेपाल निर्वाचित हुनु भएको छ । शाखाको कोषाध्यक्षमा सन्तोष खनाल, उपमन्त्रीमा कमलराज भट्टराई, उपकोषाध्यक्षमा सन्तोष कुमार शर्मा नेपाल निर्वाचित भएको शाखाले जनाएको छ ।

यसैगरी शाखा सदस्यमा शारदा केशी रायमाझी, मिना कुमारी राना, भगवती न्यौपाने अर्याल, डा.झपेन्द्र ढकाल, राजेश श्रेष्ठ, हरिप्रसाद न्यौपाने, केशवप्रसाद पौडेल, त्रिरत्नलाल शाक्य, भेषराज तिमिल्सीना, मोतिराज अधिकारी निर्वाचित हुनुभएको छ।

नेपाल रेडक्रस सोसाइटीको गतिविधिलाई जिल्लामा अझ व्यवस्थित किसिमले लैजाने जिम्मेवारी आएको नवनिर्वाचित सभापति बाबुुराम कार्कीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com