2

Logo २०८३ बैशाख १३ आइतबार
उद्योग वाणिज्य महासंघको निर्वाचनमा पाल्पाबाट मोहन श्रेष्ठको उम्मेद्बारी

उद्योग वाणिज्य महासंघको निर्वाचनमा पाल्पाबाट मोहन श्रेष्ठको उम्मेद्बारी


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९
708

पाल्पा ।

नेपाल उध्योग बाणिज्य महासंघको आगामी चैत्र २८ र २९ गते हुन गईरहेको महाअधिबेशनमा पाल्पाबाट मोहनप्रसाद श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुहुने भएको छ ।

संघको पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटि कोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठले जिल्ला नगर क्षेत्रको सहयोगमा केन्द्रीय सदस्यको लागि उम्मेद्वारी घाेषणा गर्नु भएको छ ।

संघको पाल्पामा बसेको बैठकले केन्द्रीय सदस्यमा श्रेष्ठलाई सहयोग गर्न आग्रह समेत गरेको छ अध्यक्ष शैलेन्द्र भट्टराईले भन्नुभयो, देश भरिका सबै जिल्ला नगर उध्योग बाणिज्य संघको सहयोग र सद्भाबको अपेक्षा गरिएको छ । विश्वास छ भए सर्वसम्मत नभए निर्वाचनबाट भएपछि संघमा उहाँ विजयी हुनुहुनेछ ।

श्रेष्ठले पछिल्लो समयमा कोरोना पछि व्यवसायीहरु धारासायी बन्दै गइरहेको, घरबाहल, बैंक लोन जस्ता समस्या, व्यवसायिक हक हितको सुरक्षाको लागि आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको र विजयी भएमा यि प्रतिवद्धताहरु पूरा गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com