रामपुर गौशालाका गाई संरक्षणका लागि सञ्चालित सप्ताह ज्ञान प्रबचन सम्पन्न
पाल्पा ।
गौमाताको संरक्षणको लागि पाल्पाको रामपुर नगरपालिका वडा नं. ६ तातोपानी धाममा संचालन भएको श्रीमद्भ भागवत् कथा सप्ताह ज्ञान प्रवचन सम्पन्न भएको छ ।
रामपुर नगर गौशाला संचालन तथा व्यबस्थापन समितिको आयोजनामा भएको सप्ताहव्यापी प्रबचनको समापनको अबसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गाई संरक्षणमा नगरले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो । गाई र गाईको गोबर, मुत्रको धार्मिक तथा बैज्ञानिक महत्व रहेको बताउदै उत्पादित यसको उपयोग, प्रयोग र संरक्षणमा ध्यान पुर्याउन नसकेको उहाँले बताउनुभयो । प्रकृतिले दिएको कालीगण्डकी नदी कसैले डाइभर्सन गर्छ कि भन्ने छ । यस ठाउँको महत्व बुझाउनु आबश्यक छ । नदी किनार पैदल मार्गको योजना अघि बढेको छ।

गौशाला संगै नगरपालिका भित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण गरि धर्म संस्कार र संस्कृति संग जोडेर गाईको संरक्षण र गौशालाको दिगोपनाका लागि काम गर्न प्रतिबद्ध रहनुभयो ।
यस्तै भागवत बाचिका राधिका दासी जीले स्थानीय तहले गौ संरक्षण गरेको नेपालमा नगन्य रहेको बताउनुभयो । तातोपानी धाम यस्तो भईकन पनि यसबारे अज्ञात रहेको थिए, भगवान आउन चाहने ठाउँ रामपुर अब रामपुरधाम हुनुपर्छ,उहाँले भन्नुभयो । कालीनदी समिपमा रहेको भगवान् संग जोडिएका क्षेत्र छ । नदीले यसको महिमा गाउछ त हामी किन कम हुने? शालिग्रामको महत्त्व बुझ्न सबैमा अनुरोध र स्थानीय तहले केन्द्रदेखिको बजेट ल्याउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानिय सरकारले संचालन गरेको पहिलो गौशाला यही रहेकोले आन्तरिक तथ बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । पवित्र स्थानको रुपमा यो क्षेत्रलाई रामपुर धामको रुपमा विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो । गाईको महिमा र महत्व बुझ्न आवश्यक रहेको भन्दै संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले भगवानको महिमा राख्दै पर्यटन र सेवाभावले महायज्ञ भएको बताउनुभएको थियो । उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले गाईको संरक्षण र गौशालाको व्यवस्थापन तथा संचालनका लागि सबै एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।
गत फागुन ९ गते देखि चलेको सप्ताह अवधिभर करिब १५ लाख रुपैयाँ बढी दान संकलन भएको रामपुर नगरगौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । समितिका अध्यक्ष न्यौपानेको अध्यक्षता र कार्यक्रमको संचालन सचिव बासुदेव ढकालले गर्नुभएको हो ।
भजन कृतन सहित संगितमय शैलीमा भएको सप्ताह अवधिभर भागवत् मन्जरी राधिका दासीको मुखार विन्दबाट कथा प्रवचन र कथा अनुसार झाकी प्रदर्शन भएको थियो ।