रामपुर गौशालामा सप्ताहव्यापी श्रीमद्भागवत कथा प्रवचन शुरु
पाल्पा।
रामपुर नगर गौशालाको आयोजनामा आजदेखि सप्ताह व्यापी श्रीमद्भागवत कथा प्रवचन सुरु भएको छ ।
नगर गौशाला तातोपानीधाममा सुरु भएको श्रीमद्भागवत कथा प्रवचन यज्ञको पाल्पा क्षेत्र न १ क लुम्बिनी प्रदेश सदस्य राजु प्रसाद श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि सुभारम्भ गर्नुुुभयो ।
यज्ञको सुभारम्भ गर्दै प्रदेश सदस्य श्रेष्ठले बिज्ञान र हिन्दु धर्ममा गाइको छुट्टै महत्व रहेको बताउदै छाडा गाई गौशालामा पालेर रामपुर नगरपालिकाकाले राम्रो काम गरेको बताउनुभयो । उहाँले गौशाला निर्माण र व्यबस्त्थआपनले पशु अधिकार संरक्षण, कृषकको खेती संरक्षण र सरसफाई ,सडक पशुबाट हुने दुर्घटना रोकिएको छ । त्यसैले यसको बृहत् गुरु योजना बनाउन सुझाव दिदै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रदेश सरकार सदस्य श्रेष्ठले नेपालको राजनीति जहिले पनि जतापनी ढल्कन सक्ने गठबन्धन हुन सक्ने बताउदै काली गण्डकीको सभ्यतालाई रोक्न तल्लो तटीय बासी एकजुट हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा भागवत मन्जुरी माता राधिका दासी, रामपुर नगरपालिका उपप्रमुख बाल कुमारी थापा, वडा न ६ का वडाध्यक्ष दिवाकर देवकोटाले गौशालाका बिषयमा बोल्नुभयो । कार्यक्रममा नगर गौशाला ब्यवस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता, नगर गौशाला उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत र सन्चालन सचिव बासुदेव ढकालले गर्नुभएको हो ।
नगर गौशालाको सँस्थागत विकास, सहयोग सङ्कलन तथा भागवतको प्रचारको माध्यमवाट गौशालाको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरियको सप्ताह ब्यापी श्रीमद्भागवत कथा प्रवचन देश विदेशमा प्रख्यात, भागवतलाइ धर्म र बिज्ञानलाई जोडेर प्रवचन गर्ने भागवत मन्जुरी माता राधिका दासिको मुखार बिन्दुवाट झाक्री सहित कथा प्रवचन गने कार्यक्रम सुरु भएको हो।
बुद्धपार्कबाट सुरु भएको शान्ति कलश यात्रा तालपोखरा मिलनचोक किसानटोल हुँदै यज्ञ स्थल तातोपानी धाम गौशालामा उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
बीस २०७५ सालमा कालीगण्डकी तटमा स्थापना भएको गौशालामा हाल १ सय ४५ गाई रहेका छन् ।