जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तानसेन प्रथम
पाल्पा ।
पाल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तानसेन नगरपालिका प्रथम भएको छ ।
माथागढी गाउँपालिकाको सराईमा भएको जिल्ला स्तरीय रनिङशिल्ड प्रतियोगितामा जिल्लाका १० पालिका मध्य तानसेन नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको हो । तानसेन नगरपालिकालाई जिताउन दमकडा नमुना माबिका खेलाडीले जितेको ८ स्वर्ण पदक महत्त्वपूर्ण रह्यो ।
प्रतियोगितामा रामपुर नगरपालिका द्दितिय भएको छ भने जिल्लाको तिनाउ गाउँपालिका तृतीय भएको छ ।