2

Logo २०८३ बैशाख १३ आइतबार
एलिनाको प्रस्तुतिमा पाल्पाली दर्शकले छोडेनन् बार, दर्शकको मागले धोकेबाज दोहोरियो, सुप्रिमको प्रस्तुतिमा वान्स मोर, शान्ति र कुशलको बेजोड प्रस्तुति

एलिनाको प्रस्तुतिमा पाल्पाली दर्शकले छोडेनन् बार, दर्शकको मागले धोकेबाज दोहोरियो, सुप्रिमको प्रस्तुतिमा वान्स मोर, शान्ति र कुशलको बेजोड प्रस्तुति


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन २ २०७९
750

पाल्पा ।

पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानको पाल्पाको प्रस्तुतिमा पनि पाल्पाली दर्शकको धकेलाधकेल प्रहरी र स्वंयम्सेवकलाई हम्मे हम्मे परेको छ ।

प्रणय दिवसको दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले मञ्चमा एलिनालाई बोलाए लगत्तै दर्शकको हुटिङ शुरु भएको थियो । मंगलबारको मुख्य प्रस्तुति रहेको चौहानको कति रोए म तिमा्रे लागि बाट गायन शुरु हुदै धोकेबाज नछोड्ने गरि अन्तरा गाउदा दर्शकको चिच्यावट चारैतिर फैलिएको थियो ।

गायिका एलिना चौहान

प्रणय दिवसमा प्रेम सम्बन्धी गितहरु गाउने बताउँदै चर्चित बनाएको ‘धोकेबाज’ नछुटाउने बताउनुभएकी चौहानले ‘तिम्रो मायाँले बाँधेर राख’, ‘तिम्रै मायाँ लाग्छ बरिलै’ हुदै ‘धोकेबाज’ गाउन शुरु लगत्तै दर्शक दिर्घाबाट धोकेबाज गित अनन्त गुञ्जिरहदा चौहानले आफुले गाउनै नपर्ने गरि गीत दर्शकले गाएको बताउनुभयो । मञ्च सुरक्षाको लागि बनाएको तारबार र जालीमा झुम्मिएका दर्शले बार नै भत्काएर नाघेर अघि बढ्ने जस्तै गरि चौहानलाई ‘धोकेबाज’ मा साथ दिएका थिए । रात पर्दै गर्दा मञ्च तताउनुभएकी चौहानको प्रस्तुतिमा सुरक्षाकर्मीलाई सुरक्षामा हम्मे हम्मे परेको थियो । बाँसका खामा गाडेर तारजाली लगाइएको भागमा दर्शक दिर्घाको भिडभाडले ढल्ने जोखिम हुँदा ठुलो सुरक्षाकर्मी र आयोजक खटिएका थिए । चौहानले ‘के मायाँ लाग्छ र’, ‘गोदावरी बारी संगै बसौ न’, ‘तिमी जस्ता केटाको बुढी भैदैन’, ‘मिलिरल वाटर’ लगाएतका सबै गीतमा दर्शकले झुमेर साथ दिएका थिए । दर्शकहरुको मागपछि ‘धोकेबाज’ दोस्रो पटक पनि गाउन बाध्य चौहानको प्रस्तुतिभर दर्शकको उत्तिकै उफ्रिएर साथ दिएका थिए । दर्शकले गायनमा उफ्रिएर साथ दिदा महोत्सव स्थल धूलोले ढाकिएको थियो ।

बारमा उफ्रदै दर्शक

चर्चित बालकलाकार सुप्रिम मल्लको गायनलाई पर्खिएका दर्शकले सुप्रिमलाई मिठो साथ दिए । सोमबारदेखि नै सुप्रिमको प्रस्तुति पर्खिएका दर्शक उनको मञ्चबाट गीत प्रस्तुत गरिरहदा मरिहत्ते गरी गितमा झुेमका थिए । मल्लले ‘परान बाँकी छ बाट स्टेजमा गायन शुरु गरि आमाहरुको लागि ‘फापरको पिठो’ गित गाउँदा दर्शकहरुको हुटिङले महोत्सव स्थल गुञ्जायमान बनेको थियो । मञ्चको प्रस्तुतिदेखि फापरको पिठोमा एकाएक दर्शकमाझ झरेका सुप्रिमलाई सांस्कृतिक कार्यक्रम संयोजक दिपक केसीले काध चढाएर दर्शकको समिपमा लगेका थिए । दर्शकमाझ आउदा उनको हात स्पर्श गर्न आतुर दर्शकलाई सुप्रिमले काधबाटै हात दिएका थिए । हात मिलाउन र फोटो खिचाउन तछाडमछाड दर्शकको हुटिङले महोत्सवलाई रौनक बनाएको थियो ।

बाल गायक सुप्रिम मल्ल 

बालकलाकार मल्लले ‘हरयुग होस प्रेमको गितको..’, ‘जाउ बाबू नभन्नु आमा’ र ‘छाता ओढाईदेउन’ ‘ओए काजल आखैंमा लाइदे गाजल’ लगायतका गीत गाउदा दर्शकले वान्स मोर भन्दै उत्तिकै साथ दिएका थिए ।

पाल्पाली गायिका शान्ती डोेटेलको प्रस्तुति पनि मंगलबार नै थियो । लोकगीत र लोकदोहोरीमा पोख्त डोटेलले ‘पैला नम्बर सुन’ गीतबाट गायन शुरु गर्नुभयो । रामपुरको माटोमा जन्मिएकी हुर्किएकी शान्तीले ‘रुदै छु म रामपुर फाटैमा, अबभेट मसानघाटैमा..’ चोली गुनियो खैके हुने हो’ रोइला गीत ‘फर्किदैन उमेर’ लगायतका गीत गाउनुभयो । कार्यक्रममा लोकदोहोरी गायक कुशल वेल्वासेको पनि बेजोड प्रस्तुति रहेको थियो । वेलवासेले ‘सनिसार’,‘हातैका पैजाले’, ‘रानीफूल बसायो’ ‘रातो घलेकीमा’लगायतका गीतबाट दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

गायिका शान्ति डोटेल

माघ २७ देखि जारी महोत्सव आगामी फागुन ८ गतेसम्म चल्नेछ । महोत्सवमा ३ सय व्यापारिक स्टल मध्ये २२ होटल तथा रेष्टुरेण्ट, बाल उद्यान सहित स्थानीय उत्पादन र व्यापार रहेको छ । चर्चित कलाकारको प्रस्तुतिले साझ अबेरसम्म नै टिकट कटेको टिकट व्यवस्थापन समितिका संयोजक एवं रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष भरतराज देवकोटा बताउनुभयो । महोत्सवमा उल्लेख्य दर्शकको उपस्थिति बढ्दै गएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।

गायक कुशल बेल्बासे

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा चलिरहेको महोत्सवमा लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता सँगसँगै चलिरहेको छ भने जिल्ला स्तरिय भलिवल प्रतियोगिता बुधबारदेखि शुरु हुनेछ ।

संघको बहुआयामिक भवन निर्माण, आर्थिक क्षेत्रलाई चलायमान र कालीगण्डकी बेशी क्षेत्रको पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको छैठौं दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु खेम सेन्चुरी, कला लम्साल, सुमन केसी, कमला गैरे, संञ्जिव सिं रानाको प्रस्तुति रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com