2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सवमा जिल्ला स्तरीय भलिबल प्रतियोगीता हुने

रामपुर महोत्सवमा जिल्ला स्तरीय भलिबल प्रतियोगीता हुने


Sabalnews प्रकाशित मिति : बुधबार, माघ २५ २०७९
1.8K

पाल्पा ।

तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेलाको अबसरमा पाल्पाको रामपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगीता हुने भएको छ ।

भलिबल क्रेज बढ्दै गएको रामपुर क्षेत्रमा मेला महोत्सवमा भलिबल खेल राख्न चर्चा भए संगै रामपुर उद्योग वाणिज्य संघको समन्वय, जिल्ला भलिबल संघ पाल्पा, रामपुर भलिबल संघ र रामपुर नगर खेलकुद बिकास समितिको संयुक्त आयोजनामा जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने रामपुर उद्योग वाणिज्य संघका वणिज्य उपाध्यक्ष बिष्णु बहादुर सारुले बताउनुभयो ।

माघ २७ देखि शुरु हुने महोत्सब अन्तर्गत फागुन ३ गतेदेखि ७ गतेसम्म भलिबल प्रतियोगिता हुने उद्योग वाणिज्य संघका महासचिव पुरुषोत्तम के. सी.ले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजयी टिमले क्रमश: प्रथम पुरस्कार १ लाख ५१ हजार, दोस्रो १ लाख १ हजार, तेस्रो ५१ हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैया नगद राखिएको छ- के.सी.ले भन्नुभयो ।

प्रतियोगिताका महोत्सव स्थल रामतुलसी नमुना माविको खेल मैदान बेझाडमा हुनेछ ।

“तेस्रो रामपुर महोत्सव, हामी सबैको उत्सव” भन्ने अभियानका साथ माघ २७ गतेदेखि फागुन ८ गतेसम्म रामपुर महोत्सव हुनेछ । महोत्सव तयारी तिब्र चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com